देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

महोत्तरीको सार्वजनिक यातायात सञ्चालन

देशान्तर

गौशाला । पाँच महिनापछि गत बुधबार एक दिन मात्रै सञ्चालनमा आएर पुनः रङ्गेली घटनाका कारण बन्द भएका महोत्तरीको सार्वजनिक यातायात सेवा मङ्गलबारदेखि सञ्चालनमा आएको छ ।

मधेस आन्दोलनका कारण महोत्तरीको सदरमुकाम जलेश्वरबाट जलेश्वर–जनकपुर, जलेश्वर–बर्दिबास, जलेश्वर–सम्सी, जलेश्वर–मटिहानी र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पुनः सार्वजनिक यातायातका बस सेवा सञ्चालनमा आएको जनकपुर अञ्चल बस व्यवसायी सङ्घले जनाएको छ ।

बस बन्दका कारण लामो समयदेखि सर्वसाधारणले यातायातका समस्या भोग्दै आएको कारण सर्वसाधारणको समस्यालाई दृष्टिगत गर्दै मङ्गलबारदेखि पुनः महोत्तरीको सबै रुटमा बस सेवा सञ्चालनमा ल्याइएको बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले बताए । पाँच महिनापछि महोत्तरीका बस सेवा सञ्चालनमा आएपछि बस व्यवसायी खुसी भएका छन् भने सर्वसाधारण पनि हर्षित भएका छन् ।

बस व्यवसायीले आफूहरु मधेस आन्दोलन भाँड्ने उद्देश्यले नभई जिल्लावासीको समस्यालाई दृष्टिगत गर्दै विशेष निर्णय गरेर अब कहिले पनि बन्द नगर्ने गरी बस सेवा सञ्चालनमा ल्याएको बताएका छन् ।

 

]]>