देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लिपुलेक त्रिदेशीय सीमा नाका बनाउनुपर्छः सीमाविद् श्रेष्ठ

देशान्तर

बेलौरी (कञ्चनपुर) । सीमाविद् बुद्धिनारायण श्रेष्ठले लिपुलेक त्रिदेशीय नाका बनाउनुपर्नेमा जोड दिएका छन् । कञ्चनपुरमा भएको ‘महाकालीको जल उपभोग र नाकाबन्दी’ विषयक अन्तरक्रियामा उनले सो कुरामा जोड दिएका हुन् ।

सीमाविद् श्रेष्ठले सोह्रै आना लिपुलेक नेपालको भएको दाबी गर्दै दुई ठूला देश चीन, भारतले आफ्नो व्यापार वृद्धिका लागि नेपालको सहमति बिना नै सम्झौता गरेको बताए । “अब नेपाल, भारत र चीनबीच नयाँ चिराबाट लिपुलेक सम्झौता गर्नुपर्छ”– उनले भने– “यसबाट मात्रै नेपालको भलो हुन्छ ।”

विवादित लिपुलेक सम्झौता सच्याउनका लागि चीन सरकारले नेपाल सरकारलाई प्रमाण दिन भने पनि सरकारले प्रमाण दिन ढिलाइ गरेको बताए । सरकारीस्तरबाटै राष्ट्रियताको विषयमा ढिलासुस्ती हुनु निन्दनीय भएको उनको भनाइ छ । सीमाविद् श्रेष्ठले लिपुलेकदेखि ३७६ वर्ग किलोमिटर पश्चिम अझै नेपालको भएको भन्दै यसको संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा व्यवस्थापिका–संसद् सदस्य कृपाराम रानाले भारतको अघोषित नाकाबन्दी मानवता विरोधी भएको टिप्पणी गर्दै इन्धनको सङ्कटबाट मुलुकमा समस्या उत्पन्न भएको बताए । अब इलेक्ट्रोनिकका माध्यमबाट सवारी साधन सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले आत्मनिर्भर बन्नका लागि नेपालभित्र रहेका सबै जलाशयको सदुपयोग गर्नु जरुरी रहेको बताए ।

 

]]>