देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दु्रतमार्गबाट औषधि ल्याउने सरकारी तयारी

देशान्तर

काठमाडौँ। सय दिनभन्दा लामो तराई आन्दोलन र भारतीय नाकाबन्दीका कारण औषधि आपूर्ति हुन नसकेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दु्रतमार्गबाट औषधि ल्याउने तयारी सुरु गरेको छ । 

बिहीबार विभिन्न स्वास्थ्य संस्थाका निर्देशक, प्रशासक तथा मन्त्रालयका पदाधिकारीको बैठकले स्वास्थ्य संस्थामा औषधि अभावले समस्या बढ्दै गएपछि दु्रतमार्गबाट औषधि ल्याउने निर्णय गरिएको प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बताए । 

उनले दु्रतमार्गबाट औषधि ल्याउने निर्णय भइसकेको छ, अब चाँडै औषधिको सहजता हुनेछ बताए । मन्त्रालयले विश्व स्वास्थ्य सङ्गटन, युनिसेफलगायत दातृ निकाय र थाइल्यान्ड, ओमनलगायतबाट औषधि ल्याउने तयारी गरिरहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । 

खासगरी औषधि अभावको मुख्य असर गर्भवती महिलाको उपचारमा देखिएको छ । गर्भवती महिलाको उपचारमा प्रयोग हुने स्लाइन, सुईलगायतका औषधिसहित ब्लड प्याडको पनि चरम अभाव हुन थालेकाले चाँडै नै त्यसको व्यवस्था गर्न मन्त्रालयले गृहकार्य सुरु गरिसकेको जनाइएको छ । 

औषधि अभावको बारेमा मन्त्रालयको स्वास्थ्य सहयोग कक्षमा खबर गरी औषधिको उपलब्धताबारे जानकारी लिन श्रेष्ठले आग्रह पारे । मन्त्रालयले १६६००१३३४४४ नम्बरको पैसा नलाग्ने टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ । 

हालसम्म देशका विभिन्न जिल्लाबाट ५५ फोन आएको स्वास्थ्य सहयोग कक्षका कर्मचारी राजकुमार श्रेष्ठले बताए । धेरै फोन इन्धन अभावको गुनासाका बारेमा आएको छ भने विभिन्न दीर्घरोगको औषधिको माग गरेर पनि फोन आएको छ । लामो समयसम्म भएको नाकाबन्दीका कारण औषधि अभाव भएपछि राजधानीलगायत देशभरमा औषधि अभाव बढ्दै गएको छ । 

]]>