देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनद्वारा एक करोड २५ लाखको औषधि हस्तान्तरण

देशान्तर

काठमाडौं । भारतको अघोषित नाकाबन्दीपछि गैरआवासीय नेपाली सङ्घ एनआरएनए)ले सरकारलाई हालसम्म करिब रु एक करोड २५ लाख बराबरका जीवनरक्षक औषधि सहयोग गरेको छ ।

नाकाबन्दीका कारण नेपालका अस्पतालमा अत्यावश्यक औषधिको अभाव भएपछि सङ्घले सो रकम बराबरको औषधि सहयोग गरेको हो ।

सङ्घले पहिलो चरणमा यही मङ्सिर ८ गते रु ३८ लाख बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको थियो । त्यसैगरी जनकपुर, वीरगञ्ज र बुटबलका क्षेत्रीय अस्पताललाई रु २५ लाख ७४ हजारको औषधि हस्तान्तरण गरिएको छ । मन्त्रालयसँगको सहमति र नेपाली सेनाको सहयोगमा सङ्घले तीनवटै अस्पताललाई सम्बन्धितस्थानमै पुगेर औषधि हस्तान्तरण गरेको थियो ।

यसैगरी सङ्घले आज रु ५० लाख १८ हजार बराबरको औषधि सरकारलाई हस्तान्तरण गरेको छ । स्वास्थ्य सेवा विभाग टेकुमा आज आयोजित कार्यक्रममा सङ्घका अध्यक्ष शेष घलेले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीलाई औषधि हस्तान्तरण गरे ।

सरकार र सम्बन्धित अस्पतालले दिएको अभाव भएका औषधिको सूचीको आधारमा सङ्घले छ हप्तालाई पुग्ने औषधि ती अस्पताललाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा सङ्घका अध्यक्ष घलेले नेपालको हरेक अवस्थामा जस्तोसुकै सहयोग आवश्यक परे पनि सङ्घ दिन तयार रहेको बताए । उनले १२ लाख बराबरको बङ्गलादेशबाट खरिद गरेको औषधि आगामी साता काठमाडौँ आइपुग्ने जानकारी दिँदै आउनसाथ स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

‘नेपालीका लागि नेपाली’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै  मातृभूमिमा परेको विपतका बेला आफूहरूले सहयोग दिएको सङ्घले जनाएको छ ।

]]>