देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भक्तपुरमा पर्यटकको सङ्ख्या बढ्यो

देशान्तर

भक्तपुर। भूकम्प र भारतीय नाकाबन्दीपछि पनि भक्तपुर आउँने पर्यटकको सङ्ख्या बढेको छ । 

गत वैशाखदेखि कात्तिकसम्म जिल्लामा ३७ हजार ४३० जना पर्यटक आएका छन् । सो अविधमा सार्क तथा चीनबाट १० हजार ६६५ जना र अन्य यूरोपलगायतका देशबाट २६ हजार ७६५ पर्यटकको आगमन भएको छ । सार्क तथा चीनबाट वैशाखमा पाँच हजार ७३८, जेठमा नौ, असारमा ३९२, साउनमा ७१९, भदौमा ८७६, असोजमा एक हजार ८८५ र कात्तिकमा एक हजार ४६ जना पर्यटकले भक्तपुरको अवलोकन गरेका भक्तपुर नगरपालिका पर्यटन सेवा केन्द्रले जानकारी दिएको छ । 

यूरोपलगायतका अन्यदेशबाट वैशाखमा छ हजार ८०८, जेठमा ११, असारमा एक हजार ११७, साउनमा दुई हजार २५१, भदौमा दुई हजार ७१०, असोजमा पाँच हजार ६४७ र कात्तिकमा आठ हजार २२२ जनाले भ्रमण गरेका थिए । कात्तिकमा नौ हजार २७६ जना पर्यटकको आगमन भएको छ । 

नगरपालिका क्षेत्रभित्रका सम्पदा अवलोकन गरेवापत नगरपालिकाले प्रवेश शुल्कका रुपमा सार्क तथा चीनका पर्यटकसँग प्रतिव्यक्ति रु ५०० र गैरसार्क राष्ट्रबाट आएका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार ५०० शुल्क लिँदै आएको छ । नगरपालिकाले वैशाखदेखि कात्तिकसम्म आएका पर्यटकबाट रु चार करोड ५४ लाख ८० हजार राजस्व सङ्कलन गरेको छ ।

]]>