देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्रियाशील सदस्यता विवादबारे न्यायोचित समाधान खोज्ने काँग्रेस पदाधिकारी बैठकको निष्कर्ष

देशान्तर

काठमाडौँ। प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको क्रियाशील सदस्यता विवादलाई समाधान गर्ने सम्बन्धमा छलफल गरेको छ । 

पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको पदाधिकारी बैठकले सबैलाई न्यायोचित हुने गरी क्रियाशील विवाद मिलाउने निर्देश गरेको नेता रमेश लेखकले बताए ।
 
आइतबार सम्पन्न केन्द्रीय समितिको बैठकले क्रियाशील सदस्यता विवादका सम्बन्धमा गरेको निर्णयानुसार क्रियाशील सदस्यता छानबिन समितिले तीन दिनभित्र सबैलाई चित्त बुझाएर क्रियाशील सदस्यताको सूची पार्टी सभापति कोइरालालाई बुझाउने भएको छ । 

“बैठकमा क्रियाशील सदस्यता विवादका सम्बन्धमा विभिन्न जिल्लाबाट आएका गुनासालाई सम्बोधन गरी न्यायोचित रुपमा निर्णय लिइने”–केन्द्रीय सदस्य महेश आचार्यले बताए । 

]]>