देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

साम्प्रदायिक द्वेष फैलिन नदिन सचेत रहेको प्रधानमन्त्री ओलीको भनाई

देशान्तर

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा शान्ति कायम राख्न र साम्प्रदायिक द्वेष फैलिन नदिन सरकार सचेत रहेको बताएका छन् । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग सङ्क्षिप्त कुरा गर्दै प्रधानमन्त्री ओलीले सरकार वार्ताद्वारा समस्या समाधान गर्न तयार रहेको प्रस्ट पारे । 

उनले नेपाली जनताको भावनाअनुसार संविधान जारी भएको बताउँदै मुलुकको स्थायित्व र संविधान कार्यान्वयनका लागि एकजुट भएर अगाडि बढ्नुको विकल्प नरहेको उल्लेख गरे । 

प्रधानमन्त्री ओलीले नाकाबन्दी, धर्ना, एम्बुलेन्स तोडफोड गर्नु कुनै बहादुरीको काम नभएको भन्दै आ–आफ्ना कुरा शान्तिपूर्ण ढङ्गले राख्नुपर्नेमा जोड दिए । 

उनले सरकारको दुई महिनाको अवधिमा पुनःनिर्माणसम्बन्धी विधेयक संसद्बाट पारित भएको, सीमा नाकाहरु सहज भएकोलगायतका धेरै काम भएको दाबी गरे । 

]]>