काठमाडौं । आईसीसी यू १९ विश्वकप क्रिकेटका लागि राजु रिजालको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा भएको छ ।
आरिफ शेख उपकप्तान भएको टीममा सन्दिप सुनार, सुनिल धमला, दिपेन्द्र ऐरी, सौरभ खनाल, प्रेम तामाङ्ग, सुशील कँडेल, दिपेश श्रेष्ठ, राजविर सिंह, योगेन्द्र कार्की, सन्दिप लामीछाने, हिमान्सु दत्त, शंकर राना र ईशान पाण्डे छन् ।
कुशल भुर्तेल, ईर्साद अहमद, ललित नारायण राजवशी र नन्दन यादव बैकल्पिक खेलाडीमा छन् ।
]]>
प्रतिक्रिया