देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेनाका तीन महासेनानीको पदावधि थप

देशान्तर

काठमाडौं । मन्त्रिपरिषद्को आजको बैठकले नेपाली सेनाका तीन महासेनानीको सेवावधि थप गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले महासेनानी दिलीपबहादुर विष्ट, दीपक घले गुरुङ र ताराध्वज पाण्डेको सेवावधि थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले जानकारी दिए ।

यसैगरी, बैठकले पोषण खाद्य कार्यक्रमका लागि युरोपेली सङ्घबाट प्राप्त हुने रु दुई अर्ब ५७ करोड सहयोग स्वीकार गर्ने तथा जिल्ला महिला अधिकृतलाई बालकल्याण अधिकृतको पनि जिम्मेवारी दिने निर्णय गरेको छ ।

 

]]>