देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

लेबननको राजधानी बेइरुतमा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको मृत्यु

देशान्तर

काठमाण्डाै – लेबननको राजधानी बेइरुतमा प्रदर्शनका क्रममा भएको गोली हानाहानमा कम्तीमा ६ जनाको ज्यान गएको छ । ३२ जना घाइते भएका छन् ।

शिया मुस्लिम समूह हेजबोल्लाह र आमलले न्यायाधीश तारेक बितारविरुद्ध गरेको प्रदर्शनका क्रममा एक्कासी गोली हानाहान भएको बीबीसीले जनाएको छ । न्यायाधीश बितारले गएकाे वर्ष तटीय सहरमा दुई सय १९ जनाको ज्यान जाने गरी भएको ठूलो विस्फोटन हेजबोल्लाह र आमलले गराएको बताएपछि हिंसा चर्किएको हो ।

हेजबोल्लाह र उसका समर्थकहरूले न्यायाधीश पूर्वाग्रही भएको दाबी गरेका छन् । हिजो अदालतको मुख्य भवन प्यालेस अफ जस्टिस बाहिर सयौँ मानिसहरूले न्यायाधीशलाई हटाउन माग गर्दै प्रदर्शन सुरु गरेका थिए। उनीहरूले अनुसन्धानलाई राजनीतिकरण गरिएको तर्क गर्दै न्यायाधीश तारेक बितारलाई हटाउन माग गरेका छन् ।

गोली प्रहारको घटनालाई लिएर लेबननका प्रधानमन्त्री नजिब मिकाटीले आज देशव्यापी शोकको घोषणा गर्नुभएको छ । उहाँले कारण जे सुकै भए पनि विद्रोही आचरण नदेखाउन र संयम रहन सबैलाई आग्रह गर्नुभएको छ।