देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मुगुमा बस दुर्घटना: मृतकको संख्या ३२ पुग्यो [अपडेट]

देशान्तर

काठमाडौं – मुगुको छायानाथ रारा नगरपालिका-७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ । २४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको हो ।

गम्भीर घाइते भएका चारजना उपचारका क्रममा बाँकेको नेपालगन्ज मृत्यु भएपछि मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए । ‘२४ जना घटनास्थलमा र अरू थप चार जनालाई एयरपोर्ट पुर्याउँदै मृत्यु भयो। बाँकी घाइते १६ जनालाई हामीले नेपालगञ्ज र कोहलपुर पठाएका थियौं,’ उनले भने, ‘बाँकेमा भर्खरै बुझ्दा थप चार जनाको उपचारको क्रममा मृत्यु भएको खबर आएको छ । कुल मृत्यु हुनेको संख्या ३२ पुग्यो ।’

उनका अनुसार नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको छ । बसका ४९ जना सवार रहेको प्रहरीको अुनुमान छ । सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।