काठमाडौँ। राष्ट्रिय एकता दिवस एवम् पृथ्वी जयन्तीको उपलक्ष्यमा नेपाल राष्ट्रको एकीकरण गर्ने महान् योद्धा पृथ्वीनारायण साहको योगदानको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ मनाईएको छ ।
सिंहदरबारको पश्चिम प्रवेशद्वार अगाडि रहेको पृथ्वीनारायण साहको सालिकमा आज माल्र्यापन गरिएको छ । मुलुकमा राजनीतिक परिवर्तनको घटनासँगै राज्यका निकायबाट औपचारिक कार्यक्रम गर्न छाडिएकामा १० वर्षपछि यस वर्षदेखि फेरि सुरु गरिएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानको अगुवाइमा पृथ्वीनारायण साहको तस्बिरलाई बग्गीमा राखेर निकालिएको र्याली नगरको विभिन्न भागको परिक्रमा गरेर सिंहदरबारको पश्चिम ढोकामा पुगेको थियो । र्यालीमा नेपाली सेना, नेपाल प्रहरी र धिमेबाजाका साथै नेपाल स्काउटका छात्रछात्रा, बुद्धिजीवी, समाजसेवी तथा साहित्यकार सहभागी थिए ।
विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण साहले दक्षिणतर्फ अङ्ग्रेजको दबदबा रहेका बखत स–साना राज्य रजौटालाई एकीकरण गरेर विशाल नेपाल निर्माण गरेका थिए ।
पृथ्वीनारायणको सालिकमा माल्यार्पण गर्न उपप्रधानमन्त्रीद्वय कमल थापा र सिपी मैनाली, उपसभामुख गङ्गाप्रसाद यादव, नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, पूर्वमन्त्री मोदनाथ प्रश्रितलगायतका व्यक्ति सिंहदरबार पश्चिम ढोका पुगेका थिए ।
त्यस्तै विभिन्न राजनीतिक दलका नेताहरुले पनि सो अवसरमा माल्र्यापन गरेका थिए ।
]]>
प्रतिक्रिया