काठमाडौँ — कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६९ जना हराइरहेका छन् ।
अफ्रिकाकै ठूलोमध्येको एक कंगो नदीमा शनिबार उक्त दुर्घटना भएको हो । दुर्घटनाबारे पूर्ण विवरण आइसकेको छैन । उत्तरपश्चिम प्रान्त मोंगलास्थित नदीमा पुरानो काठको डुंगामा धेरै संख्यामा यात्रु भएकाले पल्टिएको हुनसक्ने बताइएको छ । दुर्घटनापछि ३९ जनाको जीवीतै उद्वार गरिएको अधिकारीहरुले बताएका छन् ।
मोंगला प्रान्तका अधिकारीहरुका अनुसार क्षमताभन्दा धेरै यात्रु भएकाले डुंगा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको यकिन कारणबारे केही खुलासा भएको छैन ।
प्रतिक्रिया