देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सुबिसुको इन्टरनेटमा ‘दक्षिणा अफर’

देशान्तर

नेपालको सूचना तथा संचार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट लिमिटेडले नेपालीहरुको महान चाड बडा दशैंको अबसरमा ग्राहकहरुबीच सुबिसु ‘दक्षिणा अफर’ ल्याएको छ ।

अफर अन्तर्गत ग्राहकहरुले ५० एमबीपीएस इन्टरनेटको वार्षिक सेवा मात्र १३ हजार ९सय ९९ रुपैयाँमा जोड्न सक्ने छन् ।

यो अफरमा थप जडान शुल्क र कर पनि नलाग्ने सुबिसुले जनाएको छ । यसैगरी ग्राहकहरुले वार्षिक सेवाको भुक्तानी ‘ई सेवा’मार्फत गर्दा थप एक हजार क्यासब्याकको व्यवस्था गरिएको छ ।

यो प्रयोग गर्नका लागि ग्राहकहरुले भुक्तानी गर्दा प्रोमो कोड ‘UPAHAR’ प्रयोग गर्नुपर्ने छ । चाडबाडलाई लक्षित गरि र गुणस्तरीय सेवा सहुलियत दाममा प्रदान गर्ने उद्देश्यका साथ यो अफर ल्याएको हो ।