काठमाडौं – इटालीको उत्तरी शहर मिलानमा एक निजी जहाज दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । उक्त निजी जहाज मिलानस्थित एउटा खाली घरमा ठोक्किएको बीबीसीले जनाएको छ ।
सो विमानको टिनाटे विमानस्थलबाट सार्डिनिया टापुका लागि उडेको थियो । विमानस्थलबाट जहाज उड्ने बित्तिकै तल झरेको हो । घटनामा रोमानियाका अर्बपति डान पेट्रेस्कुसहित उनका पत्नी र छोराको मृत्यु भएको छ । प्रत्यक्षदर्शीका अनुसार जहाज झर्ने क्रममा नै इन्जिनमा आगलागी सुरु भएको थियो ।
जहाज दुर्घटना हुँदा ठूलो विस्ष्फोट भएको र त्यसले स्थानीयवासी त्रसित भएका थिए । जहाज खस्दा पार्किङ गरेर राखिएका धेरै कारहरु आगलागी भएका छन् । स्थानीय सरकारले विमान दुर्घटनाबारे छानविन सुरु गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममहरुले बताएका छन् ।
प्रतिक्रिया