काठमाडौं। राष्ट्रिय पुर्ननिर्माण परामर्श परिषदको बैठकले तीन महिने कार्ययोजना पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले तीन महिनाभित्र ४ चरणका कामहरु पूरा गर्ने गरि कार्ययोजना तय गरेको हो ।
कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट राष्ट्रिय पुननिर्माण महाअभियान शुरु हुने छ । पहिलो चरणमै जिल्लामा समन्वय समितिको गठन हुने छ ।
दोस्रो चरणमा पुर्ननिर्माण कार्यान्वयन अवधारणा फागुन १२ गतेसम्म जारी गरिने समितिको बैठकले निर्णय गरेको छ । दोस्रो चरणमै प्राधिकरणका सात वटै उपक्षेत्रीय कार्यालयको स्थापना, प्रत्येक जिल्लामा पुर्ननिर्माण इकाई, सञ्चार केन्द्रको स्थापना हुनेछ ।
तेस्रो चरणमा भने सबै जिल्लाको भवन तथा जनसंख्या सर्वेक्षणको सुरुवात हुने त्यसपछि बैशाख १२ गते प्रत्येक जिल्लाको कम्तिमा पाँचवटा गाविस वा नगरपालिकामा व्यक्तिगत आवास निर्माण कार्य प्रारम्भ गरिने कार्ययोजनामा उल्लेख छ ।
भवन निर्माणका लागि सहयोग पुर्याउन एकजना इन्जीनियर, एकजना समाजिक परिचालक र एकजना तालिमप्राप्त निर्माणकर्मीको व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।
प्राधिकरणले पञ्चवर्षिय पुननिर्माण कार्ययोजना तयार कार्यान्वयन गर्ने तयारी गरेको छ । ५ जिल्लामा नमूना आवास भवन निर्माणको सुरुवात गरिने छ । उक्त भवन अनुसार अन्यले घर बनाउनुपर्ने छ । यो काम चैत्र १२ भित्र गरिसकिने छ ।
बैठकमा प्रधानमन्त्री ओलीसहित दका नेता तथा सरकारका उच्च कार्यालयका अधिकारीहरुको सहभागीता थियो । बैठकमा कांग्रेसबाट महामन्त्री प्रकाशमान सिंह उपस्थीत थिए । एमाओवादीबाट शीर्ष नेता बैठकमा सहभागि भएका थिएन् ।
प्रतिक्रिया