पोखरा । नेपाली कांग्रेसले प्रदेश नम्बर ४ मा कार्यकर्ता भेला गर्दै छ । पार्टीको नीति तथा प्रशिक्षण प्रतिष्ठानले पोखरामा गर्न लागेको भेलालाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रतिष्ठानले बताएको छ ।
भोलिसम्म चल्ने भेलामा संविधान कार्यान्वयन र अन्र्तवस्तुमा उब्जिएका असन्तुष्टिका विषयमा प्रशिक्षण दिईने प्रतिष्ठान प्रमुख तथा पार्टी उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
यसअघि प्रदेश नम्बर १ का लागि विराटनगरमा भेला गरिसकेको प्रतिष्ठानले अन्य प्रदेशमा पनि कार्यक्रम गर्ने जनाएको छ ।
]]>
प्रतिक्रिया