देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

छ वटा बैंक एकआपसमा मर्ज हुँदै

देशान्तर

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई प्रभावकारी तवरबाट व्यवस्थापन गर्ने उद्देश्यले छ वटा बैंकबीच एकाकार हुनेबारे आज सहमति पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी बैंक तथा वित्तीय संस्था एकापसमा गाभ्ने वा गाभिने विनियमावली, २०६८ अनुसार एनसिसी बैंक, कुमारी बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक लि, एपेक्स डेभलपमेन्ट बैंक लि, इन्टरनेसनल डेभलपमेन्ट बैंक र सुप्रिप डेभलपमेन्ट बैंकबीच गाभ्ने÷गाभिने सहमति पत्रमा हस्ताक्षर गरिएको हो ।

गाभ्ने÷गाभिने प्रक्रिया २०७३ साल असार मसान्तभित्रमा सम्पन्न गरिने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

२०७२ साल असार मसान्तको वित्तीय विवरणअनुसार छ वटा बैंक तथा विकास बैंकको गाभ्ने÷गाभिने प्रक्रिया सम्पन्न भएपश्चात् बन्ने ‘क’ वर्गको बैंकको चुक्ता पुँजी रु आठ अर्ब २१ करोड, निक्षेप रु ८१ अर्ब १२ करोड र कर्जा रु ६४ अर्ब ८८ करोड पुग्ने एनसिसीका कामु प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले जानकारी दिए ।

]]>