देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इपिएल: विराटनगरमाथि ललितपुरको ३७ रनको जित

देशान्तर

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (इपिएल) अन्तर्गत ललितपुर प्याट्रीयट्सले विराटनगर वारियर्सलाई ३७ रनले पराजित गरेको छ । ललितपुरले दिएको २२७ रनको लक्ष्य पछाएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउदै १८९ रन बनाएको थियो ।

विराटनगरका लागि दिलशान मुनावीराले सर्बाधिक ५९ रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए । त्यस्तै हेमराज चन्द्रपाउलले १३ बलमा २८ रन बनाएका थिए भने सिकन्दर राजाले १२ बलमा २४ रन बनाएका थिए ।ललितपुरका बलर अजमातुल्लाह ओमारजाईले ४ विकेट लिए भने ललित राजबंशीले २ विकेट लिएका थिए । त्यस्तै योगेन्द्र सिंह कार्कीले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउदै २२६ रन बनाएको थियो । ललितपुरले बनाएको यो रन इपिएलको अहिलेसम्मकै सबधिक रन हो । ललितपुरका लागि संदुम वीराकोडीले सर्बाधिक ७३ रन बनाएका थिए । संदुमले ४३ बलमा ३ छक्का र् १० चौका प्रहार गर्दै ७३ रन बनाएका थिए ।

त्यस्तै ललितपुरका लागि अजमतुल्लाह ओमारजाईले अविजित ५८ रन बनाएका थिए । ओमारजाईले २४ बलमा ५० रन बनाउदा आफ्नो इनिंगमा ७ छक्का प्रहार गरेका थिए । त्यसैगरी ललितपुरका लागि कप्तान कुशल भुर्तेलले १७ बलमा ३२ रन बनाए भने योगेन्द्र सिंह कार्कीले१८ बलमा २७ रन बनाएका थिए । त्यस्तै पवन सराफ २ रनमा आउट भए भने जयकिशन कोल्सावालाले १३ रन बनाएका थिए । त्यस्तै नारायण जोशीले ४ बलमा १८ रन बनाएका थिए ।

त्यसैगरी विराटनगरका बलरकरण केसीले २ विकेट लिए भने सिकन्दर राजा, प्रतिष जिसी र् दिलशान मुनावीराले एक एक विकेट लिएका थिए । योसँगै ललितपुरले आफ्नो चौथो खेलमा पहिलो जित हासिल गरेको छ । यो खेलपछि ललितपुरको ४ खेलमा ३ अंक भएको छ । अब ललितपुरले आफ्नो अन्तिम लिग खेल आइतबार चितवन टाइगर्सविरुद्ध खेल्ने छ । त्यस्तै विराटनगर वारियर्सको भने यो लगातार तेस्रो हार हो । विराटनगरको ३ खेलमा अंकविहिन हुदै पुछारमा रहेको छ ।