देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पदाधिकारी बढाउनेबारे कांग्रेसको बिधान समितिमा विवाद

देशान्तर

काठमाडौं । कांग्रेसको विधानमा पदाधिकारी संख्या थप गर्ने र सभापतिलाई अधिकार बढाउने बिषयमा कतान्तर भएपछि बिधान मस्यौदाको टुंगो लाग्न सकेको छैन् ।  संगठन विभाग प्रमुख आनन्द ढुंगाना संयोजक रहेको विधान संशोधन समितिमा सदस्यहरुबीच समझदारी बन्ने अवस्था नदेखिएपछि शीर्ष तहमा छलफल गर्ने तयारी भएको छ।

विधान समितिमा संयोजकसहित ६ सदस्य संस्थापन पक्ष र ४ सदस्य देउवा पक्षका छन्। संस्थापन पक्षका ढुंगानाका अतिरिक्त प्रवक्ता दिलेन्द्र बडु, फरमुल्ला मन्सुर, जीवन परियार, मिना पाण्डे र पद्मनारायण चौधरी हुन भने देउवा पक्षका तर्फबाट प्रकाशशरण महत, बालकृष्ण खाँड, महेन्द्र यादव र पुष्पा भूषाल छन्।  केन्द्रीय, जिल्ला र क्षेत्रीय कार्यसमितिको आकार बढाउने तयारी समेत समितिको छ ।

आदिबासी जनजाति, महिला, मधेसी, दलितलगायत पिछडिएको समुदायको प्रतिनिधित्व बढाउन ८५ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने तयारी भइरहेको हो। तर, कति संख्याको बनाउने भन्नेमा एक मत छैन। कांग्रेस विधान संशोधन समितिको बैठक मस्यौंदा तयार गर्नका लागि विहीबार धुलिखेलमा बसेको थियो।

धुलिखेल बैठकमा संघीय संरचना अनुरुप विधान कस्तो बनाउने भन्ने सैद्धान्तिक छलफल भए पनि पदाधिकारीे संख्या बढाउने र सभापतिलाई अधिकार थप गर्ने बिषयले प्रवेश नपाएको समितिका सदस्य प्रकाशरण महतले बताए। कान्तिपुर दैनिकमा समाचार छ।

]]>