काठमाडौँ – एभरेष्ट प्रिमियर लिग अन्तर्गत पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गरेको छ । बुधबार सम्पन्न खेल बर्षाले मैदान गिलो भएकाले ढिलो गरि शुरु हुदा ७-७ ओभरको खेल खेलाइएको थियो । ललितपुरले दिएको ५२ रनको लक्ष्य पछाएको पोखराले ६-३ ओभरमा एक विकट गुमाएर लक्ष्य पुरा गरेको थियो ।
पोखराका लागि रिचार्ड लेभीले अविजित ३८ र रित गौतमले १२ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ललितपुरले ७ ओभरमा ६ विकेट गुमाउदै ५१ रन बनाएको थियो । त्यस्तै ललितपुरका लागि ओशाडा फेर्नानडोले १० र् नारायण जोशीले ११ रन बनाएका थिए । अन्य व्याट्सम्यान दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।
पोखराका नन्दन यादवले ३ विकेट लिएका थिए भने बिक्रम सोबले २ र् केसरिक विलियम्सले एक विकेट लिएका थिए । यो जितपछि पोखराले २ अंक हासिल गरेको छ र अंक तालिकामा २ खेलमा ३ अंक भएको छ । त्यस्तै ललितपुरको भने यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया