देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यदलमा शीर्ष नेतृत्व तहमा भएको छलफलबारे जानकारी

देशान्तर

काठमाडौँ । प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत दल यही माघ ५ गते अगावै सहमति खोज्न तयार भएका छन् ।  सिंहदरबारमा आज बसेको प्रमुख तीन दल र मधेसी मोर्चाका तर्फबाट गठित कार्यदलको बैठकमा सो सहमति भएको हो ।  बैठकमा प्रमुख तीन दलका तर्फबाट सहभागी सदस्यले शीर्ष नेतृत्व तहमा भएको छलफल एवम् प्रगतिबारे आन्दोलनरत पक्षलाई जानकारी गराएको थियो ।  यही माघ ५ गते व्यवस्थापिका–संसद्को बैठक बस्नु अगावै आन्दोलनरत दलसँग सहमति गर्ने र लामो समयसम्म मुलुकलाई समस्यामा राख्न नहुनेमा दुवै पक्ष सकारात्मक देखिएका छन् ।

यद्यपि मधेसवादी दलले भने सीमाङ्कनको विषयमा ठोस धारणा ल्याउन प्रमुख तीन दललाई पुनः आग्रह गरेको थियो ।  आजको बैठकमा शीर्ष नेतृत्व तहमा भएको छलफल र प्रगतिका बारेमा तीन दलका नेताले जानकारी गराउनुभएको कार्यदलका सदस्यसमेत रहनुभएका तराई मधेस सद्भावना पार्टीका नेता रामनरेश रायले जानकारी दिए । बैठक सकारात्मक दिशामा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले शनिबार पुनः बैठक बसेर सहमतिको बिन्दु खोजिने बताए ।

बैठकपछि प्रमुख दलका तर्फबाट कार्यदलमा सहभागी नेताले पनि छलफल सकारात्मक भएको जानकारी दिए । बैठकमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीम रावल, एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महरा, नेपाली काँग्रेसका नेता महेश आचार्य सहभागी हुनुहुन्थ्यो भने मोर्चाका तर्फबाट तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठी, सङ्घीय समाजवादी फोरमका तर्फबाट डा मङ्गलसिद्धि मानन्धर, तराई मधेस सद्भावना पार्टीका तर्फबाट नेता रायको सहभागिता रहेको थियो । 

]]>