जनकपुरधाम। पाँच महिनादेखि बन्द रहेको सार्वजनिक बस सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ ।
जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अनुसार तराई मधेसमा भएको आन्दोलनलाई दृष्ट्रिगत गर्दै सङ्घअन्तर्गत दिवा र रात्रिमा सञ्चालित बस सेवा आजदेखि पूर्ववत् रुपमा सञ्चालन गरिएको छ ।
सङ्घका अध्यक्ष मनोज चौधरीले आन्दोलनको विरोधका रुपमा नभई आम जनताको सुविधाका लागि सङ्घले बस सञ्चालन गरेको स्पष्ट गरे ।
बस सञ्चालनपछि यात्रुलाई आवागमनमा भोग्नुपरेको सास्ती आजदेखि कम भएको छ ।
]]>
प्रतिक्रिया