देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

समय क्रममा प्रदेश सङ्ख्या थपघट हुन्छः सिटौला

देशान्तर

रौतहट। नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले समय क्रममा प्रदेशको सङ्ख्या थपघट हुँदै जाने बताए ।  

नेपाली काँग्रेस चन्द्रपुर नगर कमिटीद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधानको कार्यान्वयनमा राजनीतिक दल मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताए । 

सङ्घीयता र सीमाङ्कन परिवर्तनशील विषय भएको भन्दै उहाँले हालै जारी भएको संधिवान लचिलो र गतिशील भएको पनि बताए । उनले भने,“संविधान कार्यान्वयनमा देखिएको जटिलता हटाउन काँग्रेस दृढ सङ्कल्पित भएको लागेको छ, यसले नै मुलुकमा राजनीतिक स्थायित्व दिनेछ ।” 

उनले संविधान जारी हुँदाका बखत सात प्रदेशको व्यवस्था गरिएको बताउँदै मुलुकमा सङ्घीय व्यवस्थाको शासन अनुभव कुनै पनि राजनीतिक दललाई नभएकाले कुन प्रदेश राम्रो वानराम्रो भन्नेबारेमा अन्योल कायम रहेको बताए । 

झण्डै ८५ प्रतिशत जनप्रतिनिधिको सहभागितामा जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको उल्लेख गर्दै उनले ठूलो सङ्घर्षपश्चात् जारी भएको संविधानले सामाजिक सद्भाव र एकता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । 

विभिन्न विचार र वाद बोकेका राजनीतिक दललाई लोकतान्त्रिक धारमा ल्याउन इतिहासदेखि नै काँग्रेसले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट गर्दै उनले काँग्रेसको १३औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न हुने बताए । 

]]>