देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सामाजिक सञ्जाल प्रयोग नगर्ने ब्रिटनीको घोषणा

देशान्तर

लसएञ्जल्स(बीबीसी)-लामो समयदेखिको प्रेमी साम असगरीसँग गत साता इन्गेजमेन्ट गरेकी अमेरिकी पपस्टार ब्रिटनी स्पीयर्सले ‘इन्गेजमेन्ट’को खुशी मनाउन सामाजिक सञ्जालबाट केही समयका लागि बिदा लिने घोषणा गरेकी छन् ।

३९ वर्षीया गायिकाले आफ्नो इन्स्टाग्राम एकाउण्ट हटाउदै फ्यानलाई ट्वीटरबाट आफू चाँडै फर्किने भएकाले चिन्ता नलिन आग्रह गरेकी छन् । पिता जिमीको ‘कन्जरभेटरसिप’मा १३ वर्षयता रहँदा त्यसकाविरुद्ध अदालतमा मुद्धा चलेपछि त्यसको बारेमा फ्यानलाई अपडेट सूचना दिनका लागि ब्रिटनीले इन्स्टाग्राम एकाउण्ट खोलेकी थिइन् । जिमीको ‘कन्जरभेटरसिप’मा रहँदा उनको व्यक्तिगत जीवन र आर्थिक पक्ष पिताकै नियन्त्रणमा थियो ।

उनीमाथि सन् २००८ देखि पिताको ‘कन्जरभेटरसिप’को नियम लगाइएको थियो । उनले मंगलबार आफ्नो इन्स्टाग्राममा फ्यानलाई ‘मैले १३ वर्ष पर्खेकी छु र मेरो स्वतन्त्रताको गणना गरिरहेकी छु’ भन्दै लेखेकी थिइन् । उनले फ्रि ब्रिटनी अभियानका अभियन्तालाई आफूलाई ‘कन्जरभेटरसिप’बाट मुक्त गरेकोमा धन्यवाद दिएकी छन् ।