देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

दीपिका बनिन् एसियाको पहिलो प्रभावशाली महिला

देशान्तर

एजेन्सी – बलिउड नायिका दीपिका पादुकोण एसियाकै पहिलो प्रभावशाली महिलाको बन्न सफल भएकी छिन् । हालै सार्वजनिक गरिएको एसियाको सबैभन्दा प्रभावशाली महिलाको एक सूची अनुसार टीभी तथा चलचित्र दुनियाँकी दीपिका पहिलो नम्बरमा पर्न सफल भएकी हुन् ।

यो अनुसन्धानका लागि सामाजिक संजालमा रहेका फलोअर्स, गुगल सर्च तथा विभिन्न बिषयलाई माध्यम बनाइएको थियो । दीपिकाको इन्स्टाग्राममा ६ करोड फलोअर्स छन् । यस्तै, उनको सामाजिक संजालमा सक्रियता, ट्विटको प्रभाव सबैभन्दा बढी छ । यो सूचीमा एरियाना ग्रेन्ड, किम कार्दशियन, एडेले, सेलिन डियोन पनि रहेका छन् । विश्वभरका सय भन्दा बढी देशका टीभी, चलचित्र, राजनीति, व्यापारिक क्षेत्रका महिलाहरुलाई यो सूचीमा राखेर उत्कृष्ट ५ को सूची निकालिएको हो ।

दिपिका बलिउडकी धनि अभिनेत्री मध्ये एक हुन् । हाल दिपिका बलिउडमा सबैभन्दा माग भएकी हिरोइन हुन् । उनीसंग हर कोही निर्देशकले काम गर्ने इच्छा राख्दछन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले एक फिल्ममा काम गरेको २० करोड सम्म पारिश्रमिक लिने गरेकी छन् ।

करिअरको पहिलो फिल्म ओम शान्ति ओमले नै दिपिकालाई चर्चाको शिखरमा पुर्‍याएको हो । उनको फिल्म करिअरमा ओम शन्ति ओम फिल्म सुपर डुपर हिट फिल्म हुन पुग्यो । यो फिल्म पश्चात दिपिकाले आफ्नो फिल्म करिअरलाई पछाडि फर्केर हेर्न परेको छैन् । दीपिकाको साथमा कैयौं इन्टरनेशनल ब्रान्ड छन् । यस्तै, उनी हलिउड चलचित्रमा समेत काम गर्ने तयारीमा छिन् ।