देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रतिष्ठानबाट भट्टराईको नाम हटाएको बारे संसदमा बिरोध

देशान्तर

काठमाडौं । नेपाल पत्रकार महासंघको पहिलो सभापति कृष्णप्रसाद भट्टराईको नाममा अधिल्लो सरकारका पालामा स्थापना भएको कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठानको नामबाट बर्तमान सरकारले भट्टटराईको नाम हटाएको बिषयले संसदमा प्रवेश पाएको छ । संदलको आजको बैठकमा नेपाली कांग्रेसका सांसदहरुले सो बिषय उठाएका हुन् । 

आजको संसद बैठकको सून्य समयमा कांग्रेसकी सांसद अनिता देवकोटा पूर्व प्रधानमन्त्री एवम् नेपाल पत्रकार महासंघका संस्थापक सभापतिको नामबाट अघिल्लो सरकारले गठन गरेको कृष्णप्रसाद भट्टराइ आमसंचार प्रतिष्ठानबाट भट्टराइको नाम हटाएकोमा विरोध गरेकी छन् । तालिम र प्रशिक्षणका माध्यामबाट पत्रकारिताको बिकास गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघका संस्थापक सभापति कृष्णप्रसाद भट्टराई आमसंचार प्रतिष्ठान गठन गर्ने विगतको सरकारको निर्णयलाई अहिलेको सरकारले भट्टराईको नाम हटाउने काम गलत भएको बताइन ।
त्यसैगरी विशेष समयमा बोल्दै कांग्रेस सांसद रामकृष्ण यादवले भट्टराइको नाम आमसंचार प्रतिष्ठानबाट हटाएको समाचारबारे बास्तविकता के हो भन्ने प्रश्न गरेका थिए  । उनले यो बिषयमा सरकारको जवाफ माग गरेका छन् । यादले संसदमा बोल्दै भने– ‘यदि सरकारले यो कार्य गरेको हो भने त्यो एउटा सरकारले गरेको निर्णय अर्कोले उल्टाउने हो भने यसले समस्या ल्याउछ ।’

दलगत आधारमा विश्वास गरी काम नगरे अहिले गरेजस्तो गर्ने हो भने राष्टिय व्यक्तित्वहरुको नाममा स्थापना गरेका विश्वविद्यालय, हस्पीटल लगायतका संस्थामा जोडिएका राजनीतिक व्यक्तिहरुको कुनै नाम रहने छैन । तसर्थ त्यसलाई तत्काल निर्णय सुधार्न माग गरे ।

]]>