देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

इजिप्टका राष्ट्रपतिसँगको भेट फलदायी: इजरायली प्रधानमन्त्री बेनेट

देशान्तर

जेरुसेलम – इजरायलका प्रधानमन्त्री नाफ्तालिया बेनेटले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । प्रधानमन्त्री बेनेटले सोमबार इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेका थिए ।

उनीहरुबीच इजिप्टको सिनाइमा सो भेटवार्ता भएको थियो । उक्त वार्ता निकै नै उपलब्धीमूलक रहेको र यसबाट दुवै देशका बीचमा असल सम्बन्धको स्थापनाका लागि काम भएको प्रधानमन्त्री बेनेटले जानकारी दिए ।

प्रधानमन्त्री बेनेटले आफूले इजरायलको प्रधानमन्त्रीका रुपमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिसँग भेटवार्ता गरेर इजरायल र इजिप्टका बीचको सम्बन्धलाई थप उचाइमा पुर्याउने काम गरेको बताएको इजरायली सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।

इजिप्टको भ्रमण सकेर इजरायल फर्किएका प्रधानमन्त्री बेनेटको कार्यालयद्धारा सोमबार जारी गरिएको विज्ञप्तिमा सो कुरा जनाइएको छ ।