देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियाले फेरि गर्‍याे क्रुज मिसाइलको परीक्षण, १५ सय किमिको दुरीसम्म मार हान्न सक्ने

देशान्तर

उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । दुई वटा नयाँ प्रकारका लामो दूरीका क्रुज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको दाबी उसले गरेको छ ।

परीक्षण गरिएका ती मिसाइलले १५ सय किलोमिटरको दूरी तय गर्न सक्छन् । उत्तर कोरियाले ती मिसाइललाई ‘महत्वपूर्ण रणनीतिक हतियार’ को रूपमा व्याख्या गरेको छ ।

गत जनवरीमा अमेरिकाको राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएको बेला पनि उत्तर क्रुज मिसाइल परीक्षण गरेको थियो ।

केही दिन अघिमात्रै उत्तर कोरिया स्थापनाको ७३औं वर्षगाँठको अवसरमा राजधानी प्योङयाङमा विशाल सैनिक परेड गरिएको थियो ।