देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

त्रिकोणात्मक सिरिजमा नेपालले अमेरिकासँग खेल्दै

देशान्तर

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले आज अमेरिकासित खेल्दै छ ।

नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज आजदेखि ओमानमा सुरु हुँदैछ ।

ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सवा ४ बजे अमेरिकासँग पहिलो खेल खेल्ने छ ।

यसअघि पपुवा न्युगिनीसँग भएका दुवै खेल जितेको नेपाल आज उच्च मनोबलका साथ मैदानमा उत्रनेछ ।

लिगअन्तर्गत अमेरिकासँग नेपालमा भएका दुवै खेल नेपालले जितेको थियो भने ओमानसँगका दुवै खेलमा पराजित भएको थियो ।

लिगमा नेपाल ४ खेलमा ४ अङ्क जोडर नेपाल छैठौं स्थानमा छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा र १२ खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

नेपालले दोस्रो खेलमा मंगलबार ओमानसँग खेल्नेछ । तेस्रो खेलमा अमेरिकासँग आउँदो शुक्रवार तथा आइतवार अन्तिम खेल ओमानसँग खेल्ने तय भएको छ ।