देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

ब्रिटेनकी इम्मा राडुकानुलाई युएस ओपन टेनिसको उपाधि

देशान्तर

बेलायती किशोरी इम्मा राडुकानुले यस वर्षको युएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

अमेरिकाको न्युयोर्कमा २४ हजार दर्शकमाझ भएको फाईनल खेलमा क्यानाडाकी लेलाह फर्नान्डेजलाई हराउँदै ११ वर्षिय राडुकानुले ४४ वर्षपछि बेलायतलाई युएस ओपन जिताएकी हुन् ।

क्यानाडामा जन्मीएकी राडुकानुले उपाधिको लागी क्यानाडाकै १९ वर्षिय खेलाडी फर्नान्डेजलाई ६–४ र ६–३ को सोझो सेटमा हराइन् ।

युएस ओपनको पुरुषतर्फ नोभाक जोकोभिच र डानिल मेद्बेदेभ उपाधिका लागि भिड्नेछन् ।

सेमिफाईनलमा जर्मनीका अलेक्जेण्डर भेरेभलाई हराउँदै जोकोभिच तथा क्यानाडाका फेलिक्स औगरलाई हराउँदै मेद्बेदेभ फाईनलमा पुगेका हन् ।