देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल र बंगलादेशको महिला फुटबल टिमबिच आज दोस्रो खेल हुँदै

देशान्तर

नेपालको राष्ट्रिय महिला फुटबल टिमले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुने खेल जित्दै नेपाल श्रृंखलाको सुखद अन्त्य गर्न चाहन्छ ।

बिहिवार भएको पहिलो खेलमा नेपाल २–१ ले विजयी भएको थियो ।

एएफसी महिला एसियन कप–२०२२ छनोटको तयारीमा रहेको नेपालले अभ्यास स्वरुप बंगलादेशसँ ग दुई मैत्रिपूर्ण खेल खेलिरहेको हो ।

एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुनेछ । नेपालको समूह ‘एफ’ मा फिलिपिन्स र हङकङ रहेका छन् ।