देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सेप्टेम्बर ११ आक्रमणको २० औं वर्षगाँठमा बाइडेनद्वारा राष्ट्रिय एकताको आह्वान

देशान्तर

वासिङ्टन– सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंकवादी आक्रमण घटनाको पीडितलाई स्मरण गर्दै राष्ट्रपति बाइडेनले राष्ट्रिय एकताको लागि आह्वान गरेका छन् ।

आक्रमणको २० औं वर्षगाँठको पूर्वसन्ध्यामा एक भिडिओ सन्देश जारी गर्दै बाइडेनले उक्त घटनामा ज्यान गुमाउने २९७७ जनाप्रति श्रद्धाञ्जली समेत व्यक्त गरे ।

आक्रमणसँग जुधेका अमेरिकी नागरिकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी ती व्यक्तिहरुलाई सम्मान गर्छौं जसले मिनेट, घण्टा, महीना र वर्षौपछि पनि आफ्नो ज्यान दिए ।’

नेपाल समयानुसार मध्यरात ९अमेरिकामा दिउँसो०मा सेप्टेम्बर ११ को आक्रमणलाई स्मरण गर्दै श्रद्धाञ्जली कार्यक्रम राखिएको छ । राष्ट्रपति बाइडेनले सो अवसरमा घटना भएका तीनवैट ठाउँमा पुगेर घटनाको स्मरण गर्ने तयारी छ ।

उनले अमेरिकी मुसलमानविरुद्धको डर र रिस, सद्भाव र हिंसाजस्ता मानवीय स्वभावलाई अँध्यारो पक्षसँग तुलना गर्दै एकता नै अमेरिकाको बलियो तत्व रहेको बताए ।

यात्रुवाहक चारवटा जहाजलाई अपहरण गरेर अफगानिस्तानबाट अलकायदाका लडाकुहरुले आत्मघाती आक्रमण गराएका थिए । जसमध्ये दुई जहाजलाई ट्वीट टावरमा ठोक्काइएको थियो । अर्को जहाजलाई राजधानी वासिङ्टनस्थित पेन्टागन भवनमा हानिएको थियो । अर्को जहाज पेन्सिलभेनियमा दुर्घटना भएको थियो ।