देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

क्यान्सर, मिर्गौला र मेरुदण्डको पक्षघात भएका बिरामीले मासिक ५ हजार भत्ता पाउने

देशान्तर

काठमाडौं– सरकारले क्यान्सर, मिर्गौला तथा मेरुदण्डको गम्भीर पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने भएको छ।

शुक्रबार प्रतिनिधि सभा बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्ता गम्भीर रोगका बिरामीलाई ५ हजार भत्ता उपलब्ध गराउने व्यवस्था गरिएको घोषणा गरेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ मा पनि क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी भएर प्यारालाइसिस भएकाहरुलाई जीविकोपार्जनका लागि मासिक ५ हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको थियो।

पछि केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त निर्णय खारेज गरिदिएको थियो।