देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

मेक्सिकोको सर्वोच्च अदालतको फैसला : गर्भपतन अपराध नभएको ठहर

देशान्तर

काठमाडौं – मेक्सिकोको सर्वोच्च अदालतले गर्भपतन अपराध नभएको ठहर गरेको छ । गर्भपतनबारे ऐतिहासिक फैसला गरी अदालतले गर्भपतन गराएकाहरूलाई अपराध गरे जस्तै गरी दण्ड दिनु असंवैधानिक भएको उल्लेख गरेको छ ।

उत्तरी राज्य खोवीलासँग सम्बन्धित फैसलाले गर्भपतन गराएकै कारण महिलाविरुद्ध मुद्दा दायर गर्नबाट रोक्ने बीबीसीले जनाएको हो । सर्वोच्च अदालतका न्यायाधीश लुइ मारिया याग्वीलाले यो कदमलाई महिला अधिकारको लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् ।

सर्वसम्मत गरिएको फैसलामा अदालतले उत्तरी राज्य खोवीलालाई गर्भपतनलाई गैरकानुनी नमान्न आदेश दिएको हो । मेक्सिकोका केही राज्यमा मात्रै गर्भपतनलाई कानुनी मान्यता छ ।