देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपाल वायुसेवा निगमको तीनवर्षे सुधार कार्ययोजना

देशान्तर

काठमाडौं । नेपाल वायुसेवा निगमले तीनवर्षभित्र ८ वटा ठुला जहाजमार्फत उडान भर्ने लक्ष्यसहित  तीनवर्षे सुधार कार्ययोजना ल्याएको छ ।  वायुसेवा गिनम सञ्चालक समिति ल्याउको उक्त सुधा कार्ययोजनामा विभिन्न लक्ष्यहरु   राखिएको छ ।

तीनवर्षभित्र समग्रं व्यवस्थापनमा सुधार गर्दै व्यावसायिक, सक्षम र सबल  एवंम प्रतिपर्धी संस्थाको रुपमा रुपान्तर  गर्नको लागि उक्त कार्ययोजना ल्याइएको निगमका महाप्रबन्धक  सुगतरत्न कंशाकारले   प्रष्ट पारे । कार्ययोजना अनुसार तत्कालिनदेखि  द्र्घिकालिनसम्मका विभन्न लक्ष्यहरु निर्धारण गरिएकोृ छ । छ महिनाभित्र इ टिकेटिङ्मा जानेदेखि  तीनवर्षभित्र ८ ठुला जहाज  खरिद गर्नेसम्मका  लक्ष्य निर्धारण  गरिएको कार्ययोजनाको पहिलोचरणमा एकवर्षभित्र   दुईठुला विमान खरिद गर्ने लक्ष्य राखिएको छ । 

त्यस्तै  विमानको थपसँगै नयाँ गन्तव्यहरुको पहिचान गरी त्यहाँ उडान भर्ने लक्ष्य पनि निगमले राखेको छ । जसमा चीन, भारत, जापान , अष्ट्रेलिया   लण्डनमा उडान विस्तार गर्ने लक्ष्य राखिएको र त्यसको बजार सम्भाव्यता अध्ययन सुरु भईसकेको महाप्रबन्धक कंशकारले जानकारी दिए ।  

विमान खरिद  गर्ने काम  सहज भएपनि प्रक्रियागत झन्जट र अनावस्यक राजनीतिक हस्तक्षेपको कारण राष्ट्रिय ध्वजाबाहक  विमानबिहीन भएको  तर अव राजनीतिक हस्तक्षेप नभए र  निगमलाई व्यावसायिक बनाउने आफ्नो अभियानलाई स्वतन्त्र ढंगबाट अगाडि बढ्न दिए निर्धारित लक्ष्यभित्र सबै  लक्ष्य पुरा गरीछाड्ने कंशाकारले प्रतिवद्धता जनाउँदै भने, ‘हामीले आगामी मंसिरमा पहिलो वाइड बडी र ०७३ माघमा दोस्रो वाइडवडी विमान काठमाडौंमा अवतरण गर्ने लक्ष्य राखेका छौं ।’ उनले जहाज खरिद गर्न कुनै अवरोध नरहेमा  आलु किनेजस्तै जहाज किन्न पनि सजिलो छ । 

निगमले  २०७३ को मंसिरभित्र पहिलो वाइडवडी खरिद गर्ने त्यस्तै  ०७३ को माघभित्र दोस्रो वाइडवडी र ०७४ असारभित्र पहिलो न्यारोवडी , २०७४ को कात्तिकभित्र दोस्रो न्यारोवडी खरिद गर्ने अक्ष्य राखेको छ । त्यस्तै निगमले हाल ७ वटा गन्तव्य रहेका अन्तराष्ट्रियस्तरमा २०७४ को कात्तिक भित्रमा २१ वटा गन्तव्य बनाउने लक्ष्य लिएको छ । त्यस्तै हाल  आन्तरिक २६ गन्तव्य रहेकामा त्यसलाइ विस्तार गरेर २०७३ भित्र ३९ वटा गन्तव्य बनाउने  लक्ष्य लिएको छ ।   

]]>