देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पंजशीरमा तालिबानविरोधी मोर्चाका प्रवक्ताको मृत्यु, युद्धविरामको प्रस्ताव

देशान्तर

काठमाडौँ – अफगानिस्तानको पंजशीर उपत्यकामा तालिबानविरुद्ध लडिरहेको नेसनल रेसिस्टेन्ट फ्रन्ट अफ अफगानिस्तान (एनआरएफ) ले युद्ध विरामको प्रस्ताव गरेको छ । एनआरएफका नेता अह्मुद मसूदले तालिबानले आफ्ना लडाकु पंजशीरबाट फिर्ता लागेमा आफुहरु वार्ताको लागि तयार रहेको बताएका छन् ।

यस अघि तालिबानले पंजशीरका चार जिल्ला कब्जा गरिएको दाबि गरेका थिए । तालिबान विद्रोहीहरूले पंजशीर उपत्यकामा पर्ने शुतुल, पार्यान, खिन्ज र अब्शार जिल्ला कब्जा गरेको दाबी गरेका हुन् । तर यस भिडन्तमा तालिबानविरुद्ध लडिरहेको आफ्ना प्रवक्ता फहीम दश्तीको मृत्यु भएपछि एनआरएफपछि हटेको बताइएको छ ।

मसुदले दश्तीको मृत्युको पुष्टि गर्दै तालिबानविरुद्ध लड्दै गर्दा आफुहरुले एक योद्धा गुमाएको उल्लेख गरेका छन् ।     दश्तीले मृत्युको एक दिन अघि मात्र पंजशीरको भिडन्तमा ६०० भन्दा बढी तालिबानको मृत्यु भएको जानकारी दिएका थिए । साथै उनले एक हजारभन्दा बढीले आत्मसमर्पण गरेको बताएका थिए । सामाजिक सञ्जालमार्फत मसुदले सो अपिल गरेपछि तालिबानले पंजशीरबाट आफ्ना लडाकुलाई फिर्ता बोलाउन शुरु गरेको बताइएको छ ।