काठमाडौँ – तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि सरकार बनाउने तयारी गरिरहेको बेला एक महिलाको हत्या गरेको आरोप लागेको छ । शनिबार तालिबान लडाकुले एक महिला प्रहरी अफिसरलाई हत्या गरेका छन् ।
स्थानीय मिडियाहरुले बानू निगार नाम गरेकी महिला प्रहरी अफिसरको तालिबानले उनको घरमा घुसेर हत्या गरेका छन् । अफगानिस्तानको घोर प्रान्तको फिरोजकोहमा ति महिला अफिसरको हत्या भएको बताइएको छ ।
बिबिसीले बानूका छोराले घटनाको जानकारी मिडियालाई दिएको उल्लेख गरेको छ । तालिबानले अन्तर्राष्ट्रिय समुदायलाई महिला अधिकारको बारेमा विश्वस्त गराउने प्रयास गरिरहेको बेला यो घटना बाहिर आएको छ ।
हत्या गरिएकी ति महिला ८ महिनाको गर्भवती रहेको बताइएको छ । तालिबानले परिवारका सदस्यलाई बढेर सबैको अगाडी उनको हत्या गरिएको बताइएको छ । उनी स्थानीय जेलमा कार्यरत रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
बानूको हत्या गरेको तस्वीर सामाजिक संजालमा पनि सार्बजनिक गरिएको छ । बिबिसीसँग कुराकानी गर्दै तालिबानका अधिकारीहरु यस घटनाको छानबिन गर्ने बताएका छन् ।
प्रतिक्रिया