देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

जिपी कोईराला फाउन्डेशन अमेरिकाको कार्यालयमा पंडित पोख्रेल सॅंग विशेष भेटघाट

देशान्तर

काठमाडौँ – गिरीजा प्रसाद कोईराला फाउन्डेशन अमेरीका च्याप्टरको कार्यालय न्युयोर्कस्थित उडसाईडमा आज वाचन शिरोमणि पंडित दिनबन्धु पोख्रेलसँग विशेष भेटघाट एवं छलफल सम्पन्न भएको छ ।

उनलाई यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले खादा पहिराई कार्यालयमा स्वागत गरीएको थियो ।सो अवसरमा फाउन्डेशनका उपाध्यक्ष सुवर्ण लामा र कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारी, वरिष्ठ समाजसेवी पुरुषोत्तम पन्थी, महिला समाजसेवी राधा ज्ञवाली,एनआरएन न्युयोर्क च्याप्टरका सचिव वाशु लामिछाने र कोषाध्यक्ष आशीष सापकोटा, समाजसेवी विरेन्द्र मानन्धर र नेपाली काँग्रेसका युवा नेता राजु रौनीयारलगायतको उपस्थित रहेको थियो ।

सो अवसरमा फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले वाचन शिरोमणि पंडित पोख्रेललाई आफ्नो कार्यालयमा स्वागत गर्न पाउँदा गर्व लागेको, उनको आध्यात्मिक चिन्तनवाट वर्तमान विश्वजगत प्रभावित भएको धारणा राख्दै फाउन्डेशनका गतिविधि वारे प्रष्ट्याउँदै आगामी दिनहरूमा उनिसँग फाउन्डेशन सहकार्य गरी अगाडी बढन चाहेको बताए। समाजसेवी पुरुषोत्तम पंथीले उनका पिताजी स्व नारायण पोख्रेलको पथ पछ्याउँदै उनले समाजमा पुर्याएको योगदानको प्रशंसा गरे। यसैगरी अर्का समाजसेवी वीरेन्द्र मानन्धरले उनले दिलले गरीएको मानवसेवाको सवैले खुल्लादिलले प्रशंसा गरेको बताए ।

सो अवसरमा संक्षेपमा बोल्दै वाचन शिरोमणि पंडित दिनबन्धु पोख्रेलले आफु पिताजी नारायण पोख्रेलले देखाएको पथमा हिँडीरहेको, आज स्व पिताजी र गिरीजावावुको प्रेरणाले शिर उचो राख्दै विश्वभर धार्मिक र आध्यात्मिक चिन्तन एवं प्रवचनका माध्यमबाट समाजसेवा गर्ने मौका पाएकोमा गर्व गरे ।फाउन्डेशनको अमेरीकास्थित कार्यालयमा उपस्थित भै गिरिजावावुको तस्वीरमुनी वसी बोल्दै गर्दा भावुक भै उनले स्व गिरिजावावुको आशीर्वाद र जीवनका अन्तिम क्षणमा वहाँसँग भएका भेट एवं प्रेरक हौसलाको स्मरण गरे।साथै उनले पिताजी स्व नारायण पोख्रेलको स्मृतीमा काठमाडौंमा स्थापित प्रतिष्ठान मार्फत आगामी दिनहरूमा पुर्वीय दर्शन एवं आध्यात्मिक चिन्तनलाई विश्वजगतमा फैलाउन आफु लागीपरेको र सबैलाई सहयोग गर्न अपिलगरेका छन् ।

उनले आफुहरूले हष्पिटल, विद्यालय,वाटो, पुल, समुदायिक भवन निर्माण, मठ मन्दिर, वृद्दाश्रम निर्माण एवं व्यवस्थापन आदिजस्ता विकास निर्माण र सामाजीक काममा टेवा पुर्याउन राज्यलाई नै सहयोग गरेको धारणा राख्दै आफ्नो सारा जीवन विश्वभर आध्यात्मिक चिन्तन र पुर्वीय दर्शनको प्रचार एवं प्रवर्धन गरी विताउने विश्वस दिलाए ।

अन्त्यमा फाउन्डेशनका तर्फवाट कार्यसमिति सदस्य एवं प्रवक्ता रामचन्द्र अधिकारीले पंडित पोख्रेल र वहाँका पिताको पुण्यकर्मको प्रशंसा गर्दै अहिलेको भौतीक दुनीयामा आध्यात्मिक चिन्तनको कमी भईरहेको र उनिजस्तो विद्वान् पंडितहरूले बैचारीक विश्लेषण र आध्यात्मिक चिन्तनवाट मानिसको मन मष्तिस्क वदल्न लागिपर्नु गौरवको विषय भएको र उनलाई सो कर्ममा सफलता मिलोस् भनी शुभकामना दिँदै आफ्नो समय व्यवस्थापन गरी फाउन्डेशनको कार्यालयमा आई साक्षात्कार गरीदिएकोमा जिपि कोईराला फाउन्डेशन अमेरीका परीवारको तर्फवाट हार्दिक धन्यवाद ज्ञापन गरे ।

यसैगरी आजै आयोजित स्यांग्जा समाज अमेरिकको तर्फवाट ज्याक्सन हाईट्स स्थित भान्छाघरमा आयोजित तीजको दरखाने कार्यक्रम तथा गोर्खा समाज अमेरिका द्वारा सत्यनारायण मन्दिरमा आयोजित दरखाने छुट्टाछुट्टै कार्यक्रममा सहभागी भै यसै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमिरे लगायत पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका थिए ।

साथै प्रशिद्द समाजसेवी डा। विष्णुमाया परीयारको जीवनीमा आधारित पाठ्यांश विश्वका चर्चित पाठ्यक्रममा समावेश भएकोमा उनलाई भेटी फाउन्डेशनको तर्फवाट अध्यक्ष सोमनाथ घिमीरे तथा प्रवक्ता रामचन्द्र अधिकारीले हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे