देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अमेरिकामा आँधीका कारण एकै परिवारका तीन नेपालीको मृत्यु

देशान्तर

काठमाडौं – अमेरिकाको न्यूयोर्कमा आएको आइडा नामक आँधी र भीषण वर्षाका कारण तीन जना नेपालीको निधन भएको छ।

आँधीमा परी मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका वडा नं २ जुनवेशीका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र छोरा लोप्साङ लामा रहेको युनाईटेड शेर्पा एसोसियसन न्यूयोर्कले जनाएको छ।

अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा, बाढी र घुम्रपात (टोरनाड़ो) को कारण ४५ जनाको मृत्यु भै सकेको छ भने न्यू जर्सीमा मात्र २३ जनाको मृत्यु भएको छ ।