काठमाडौं – नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेलमा सिमित दर्शकलाई खेल हेर्ने अनुमति दिइने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले बुधबार पत्रकार सम्मेलनमार्फत विहिबार र आइतबार हुने नेपाल र भारतबीचको खेल हेर्न सरकारले सीमित दर्शक प्रवेशको अनुमति दिएको जानकारी दिए ।
खेल हेर्नका लागि पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट वा पूर्णरूपमा भ्याक्सिन लगाएको हुनु पर्ने एन्फाले जानकारी दिएको छ ।
एन्फाले दर्शकका लागि ५ हजार १ सय टिकट बिक्री गर्ने र स्वास्थ्य मन्त्रायलले जारी गरेको मापदण्ड पालाना गर्नुपर्ने जनाएको छ ।
नेपाल र भारतबीच सन् २०१५ को विश्व कप छनोट पछि पहिलो पटक दशरथ रंगशालामा खेल हुदै छ ।
प्रतिक्रिया