विराटनगर । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले आफूले १३औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताएकी छन् ।
नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई मजबुत बनाउन र युवालाई राजनीतिको मूलधारमा ल्याउन आपूm सभापति पदमा उठेको स्पष्ट पारिन् । नेत्री कोइरालाले अहिले कार्यकर्ताले नयाँ पुस्ता र नयाँ अनुहारको नेतृत्व खोजेकोले आफूले सभापतिमा उम्मेद्वारी दिन लागेको बताईन् ।
बिपीको जस्तो विचार, गिरिजाबाबुको जस्तो सङ्गठन र गणेशमानसिंहको जस्तो त्याग नेतामा हुनुपर्ने भन्दै उनले राजनीति विकासका लागि हुनुपर्छ भनेर नै आफू नेतृत्वको मैदानमा उत्रिएको उल्लेख गरिन् ।
संविधानबाट सबैको अधिकार स्थापित भइसकेकाले अब विकास र समृद्धिका लागि सबै राजनीतिक दल एक भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।
प्रतिक्रिया