देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

नेपालमा ६८ प्रतिशतभन्दा धेरैमा कोरोनाको एन्टीबडी

देशान्तर

काठमाडाैँ । नेपालमा ६८ प्रतिशतभन्दा धेरै मानिसमा कोरोना भाइरसको एन्टिबडी तयार भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देशका ६ महिनाभन्दा बढी उमेर समूहका १३ हजार एक सय ६१ जनामा गरेको परीक्षणमा ६८ दशमलव ६ प्रतिशतमा कोरोना भाइरसको एन्टीबडी बनेको पाइएको हो ।

सबै प्रदेश, भौगोलिक क्षेत्र, सहर तथा गाउँ, लिङ्ग, पेसा वा उमेरका मानिसमा एन्टिबडीको उस्तै अवस्था देखिएको छ । कोरोना सङ्क्रमण भएर तथा कारोनाविरुद्धको खोप लगाएर उनीहरूमा एन्टिबडी तयार भएको मन्त्रालयले जनाएको छ । कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएकामा ८० प्रतिशत र पूर्ण डोज खोप लगाएकामा ९० प्रतिशतमा एन्टिबडी पाइएकोले यसले नेपालमा खोपको प्रभावकारिता पनि राम्रो रहेको देखाएको मन्त्रालयले जनाएको छ ।

तर‚ कोरोना भाइरसले रूप बदलिरहने डर भएकाले मास्क लगाउने, दूरि कायम गर्ने, हात धुनेलगायतका स्वास्थ्यका मापदण्ड पालना गरिरहनु नै कोरोना महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय भएको मन्त्रालयले जनाएको छ ।