देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उपप्रधानमन्त्री मैनालीले गरे चुरेभावरको भेला उद्‍घाटन

देशान्तर

सर्लाही । सर्लाहीको हरिवनमा चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालको राष्ट्रिय कार्यकर्ता भेला शुरु भएको छ। राष्ट्रिय कार्यकर्ता भेलाको उद्‍घाट सत्रमा शुभकानमा दिन उपप्रधानमन्त्री सिपी मैनाली र मन्त्री प्रेमवहादुर सिंह सहभागि भएका थिए। उप प्रधानमन्त्री मैनालीले भेला उदघाट गरे। चुरे भावरले राम्रो काम गरेको भन्दै सरकारका उपप्रधानमन्त्री र मन्त्रीले प्रशंसा गरे।

उद्घाटन सत्रमा बोल्दै मैनालीले देशमा अस्थिरता चाहने हावी भएर प्रधानमन्त्री बन्ने दोडमा लागेको ठूला दललाई आरोप लगाए। नेपालको प्रमुख राजनीतिक मुद्दाहरु टुंगिएकोले आर्थिक विकासको समय आएको उनले बताए। आगामी दिनमा लिने रणनीति बारे छलफल गर्न चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले बोलाएको राष्ट्रिय कार्यकर्ता भेला बोलाए सम्बोधन गर्दे पार्टी अध्यक्ष बद्रीप्रसाद न्यापानेले चुरेभावरसंग भएको सम्पूर्ण सम्झौता अक्षरस पालना गर्नु पर्ने बताउँदै सहमती पुरा नभए कडा आन्दोलनको चेतावनि दिए।

मधेसी मोर्चाको माग पुरा गरे चुरे भावरको पनि सहमति कार्यान्वय हुनु पर्छ न्यौपानेले भने ुमधेसी मोर्चासंग मात्र सहमती गरेर हुंदैन।ु शनिबार देखि सुरु भएको राष्ट्रिय कार्यकर्ता भेला आइतबार बन्द शत्र पछि टुंगिने जनाएको छ।

]]>