देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

डुंगा दुर्घटना हुँदा बंगलादेशमा २१ को मृत्यु, २० घाइते, ५० बेपत्ता

देशान्तर

काठमाडौं । बंगलादेशको ब्राहमनबारिया जिल्लामा डुंगा दुर्घटना हुँदा २१ यात्रुको मृत्यु भएको छ । २० जना घाइते भएका छन् भने ५० जना वेपत्ता छन् ।

करिब १०० भन्दा बढी यात्रु बोकिरहेको डुंगा बिजयनगर क्षेत्रमा दुर्घटना भएको थियो । स्थानीय प्रहरी इमरानुल इस्लामका अनुसार शुक्रबार राति डुंगा दुर्घटना भएको थियो । घटनाबारे प्रहरीले थप छानविन गर्ने जनाएको छ । डेली स्टार न्युजका अनुसार विपरीत दिशाबाट आइरहेको कार्गोले डुंगालाई ठक्कर दिँदा डुंगा पानीमुनि डुबेको थियो । दुर्घटना भएको क्षेत्र बंगलादेशको राजधानी ढाकादेखि ८२ किलोमिटरको दूरीमा छ ।

गत मे महिनामा पदमा नदीमा डुंगा दुर्घटना हुँदा २७ मानिसको मृत्यु भएको थियो । सन २०१५ मा कार्गो बोट दुर्घटना हुँदा ७८ मानिसको मृत्यु भएको थियो । बंगलादेशका नदीमा हरेक वर्ष डुंगा दुर्घटना हुने गरेका छन् । एजेन्सी