देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

तनावबाट मुक्त हुन खानुस् यी ५ खानेकुरा

देशान्तर

काठमाडौँ – आजकलको व्यस्त जीवनशैलीका कारण मानिसहरू चिन्ताले घेरिएका हुन्छन् । अनि आवश्यकताभन्दा बढी सोच्नु पनि गम्भीर समस्या बनिरहेको छ । त्यसले व्यक्तिलाई तनाव दिने गर्छ ।

यसबाट बच्न योग, ध्यान र सकारात्मक सोचको सल्लाह दिइन्छ । अनि दैनिक आहारमा केही परिवर्तन ल्याएमा पनि यसबाट बच्न सकिन्छ ।

यहाँ हामी तनाव भगाउने खानेकुराको चर्चा गर्दैछौं ।

दही : दहीमा भएको असल ब्याक्टेरियाले शरीरमा कोर्टिसोलको स्तर घटाउन र सन्तुलनमा राख्न सहायता गर्छ । यस्तो अवस्थामा तनाव घटेर मन शान्त हुन्छ ।

ओटमील : पोषक तत्त्व तथा एन्टीअक्सिडेन्ट गुणले भरपूर ओटमील दिमागका लागि लाभदायक छ । यसको सेवनले दिमागमा सेरोटोनिन रिलीज हुन्छ । सेरोटोनिनले मूड राम्रो राख्छ । यस्तोमा चिन्ता र तनाव घट्न सहायता पुग्छ ।

ग्रीन टी : ग्रीन टीमा भएको थिएनिन नामक एमिनो एसिडले स्ट्रेस घटाउन सहायता गर्छ । यसको सेवनले दिमागका कोशिकाहरूलाई राम्रोसँग काम गराउन सघाउँछ । यसलाई ब्रेन बूस्टर फूड भनिन्छ ।

डार्क चकलेट : डार्क चकलेट खाने गर्दा मूड राम्रो भएर स्ट्रेस घट्छ । यसमा भएको पोलिफेनोलले कोर्टिसोलको स्तर घटाउँछ ।

काजु : काजु भिटामिन, मिनरल, आइरन, पोटेसियम र एन्टी-अक्सिडेन्टको राम्रो स्रोत हो । यसले चिन्ता र डिप्रेसनका लक्षण घटाउन सहायता गर्छ ।