देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

थाइरोइडको समस्या छ ? यी खानेकुरा कहिल्यै नखानुस् !

देशान्तर

काठमाडौं – आजकल थाइरोइडको समस्या विकराल बन्दै गइरहेको छ । विशेषगरी महिलाहरूमा यो समस्या धेरै देखिन्छ ।

तर खानपान सही भयो भने यो समस्यालाई नियन्त्रण गर्न सकिन्छ । यहाँ हामी थाइरोइड भएका मानिसले खानै नहुने खानेकुराका बारेमा बताउँदैछौं ।

काउली र बन्दाकोपी

काउली र बन्दाकोपीमा गाइट्रोगनको मात्रा अत्यधिक हुन्छ । त्यसले गर्दा हर्मोन असन्तुलन हुन सक्छ । त्यसले थाइरोइडको समस्या बढाइदिन्छ ।

क्याफिन

क्याफिन भएका वस्तुले थाइरोइड ग्लान्डमा असर पार्छन् र थाइरोइड स्तर बढाइदिन्छन् । कफी पिउन छोड्नुस् ।

रातो मासु

यसमा स्याचुरेटेड फ्याट र कोलेस्ट्रोलको मात्रा अत्यधिक हुन्छ । यसले थाइरोइड स्तर बढाउने र शरीर पोल्ने समस्या निम्त्याउँछ ।

सोयाबीन

सोयाबीन फाइटोएस्ट्रोजेन अत्यधिक हुन्छ । यसले हर्मोन बनाउने एन्जाइम फंक्सनमा बाधा गर्छ । यस्तो अवस्थामा सोयाबीनको सेवन पनि थाइरोइड रोगीका लागि हानिकारक हुन्छ ।

आयोडीन नून, तारेको खानेकुरा, अत्यधिक गुलियो खानेकुरा र प्याकेज्ड फूड पनि खान हुँदैन । रक्सी र चुरोट पनि थाइरोइड रोगीले सेवन गर्नुहुँदैन ।