देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिताष्माको तीज गीत

देशान्तर

नारीहरूको लोकप्रिय पर्व तीज यो वर्ष पनि नजिकिदै छ । तीज पर्व यो वर्ष पनि घरघरमा सीमित मानिसको भेला मात्र भएर मनाईने छ । गतवर्ष पनि कोविड– १९ को महामारीले तीज र अन्य पर्वहरू धूमधामले मनाऊँन सकिएन ।

तीज पर्व धुमधामले मनाउन नपाएपनि तीज गीतको चर्चा र लोकप्रियता उस्तै छ । यस वर्ष पनि तीजका गीतहरू धेरै मात्रामा रेकर्ड भैरहेका छन् । यस्तो हुनु पक्कै पनि कला र संगीतकोलागि राम्रो कुरा हो । छानी छानी यूट्युवबाट गीत बजाउन साकिन्छ ।

तीज आउनु १/२ महीना अघिदेखी नै तीज गीत घन्किन सुरु हुन्छ । यी मध्ये कैयौं गीतहरू तीजसँगै बिलाएर जान्छन् भने केही मौलिक रचनाहरु वर्षौसम्म आम मानिसको जिव्रोमा छुन्डिरहन्छ । नेपाली गीत संगीतको भण्डारमा धेरै यस्ता गीतहरू पनि छन् जुन बर्षौसम्म बजिरहन्छन् । पछिल्लो समयमा बिशुद्ध मौलिक तीज गीतहरू भने कम आउने गरेका छन् । पहिले पहिले घरघरमा दीदी–बैनी भेला भएर आफैले कथेका गीत मादलुको तालमा थपडि बजाएर गाउने चलन थियो । अहिले त्यस्तो परम्परा हराउँदै गएको छ । समय अनुसार तीजका गीतहरुमा व्यापक परिष्कृत र परिमार्जन हुदै फरक फरक शैलीमा आएका छन् ।

यसै वर्ष सुनीता दुलालको सुमधुर स्वर र बि बि अनुरागीको संगीत रहेको एउटा सुन्दर गीत बजारमा आएको छ । शिताश्मा भूषालको शब्द रहेको उक्त तीज गीतमा प्रसिद्ध नायिका गौरी मल्ल, सुमीना श्रेष्ठ, बिना राउत, सरोज प्रजाको अभिनय रहेको छ ।

‘स्वामी की प्यारी’ शीर्षक रहेको उक्त गीतले जीवनमा सन्तोष र खुशीको चमकले मुहारमा अनेक गहनाले दिने चमक दिनेछ, घर सुन्दर हुन सासुले बुहारीलाई छोरी जस्तै र बुहारीले पनी सासुलाई आमा जस्तों गर्नु पर्ने, श्रीमान श्रीमती को खुशी र साथ समझदारी भए घर दरबार जस्तो र उनीहरू घरका राजा रानी जस्तो हुने सन्देश पनि गीतले बोकेको छ । गीतमा नारीलाई उचो सम्मान दिईएको र नारीसँग अनेक साहस र हिम्मत हुने पनि बताईएको छ ।