काठमाडौँ – तालिबानले अन्तर्राष्ट्रिय समूदायलाई अफगानिस्तानमा आफ्नो सरकारलाई मान्यता दिन अपील गरेको छ । चिनियाँ सञ्चारमाध्यम सीजीटीएन टीभिलाई अन्तर्वार्ता दिँदै तालिबानका प्रवक्ता सुहेल शहीनले अन्तर्राष्ट्रिय समूदायलाई तालिबानी सरकार स्वीकार गर्न अपील गरेका हुन् ।
शहीनलले “अफगानी जनाताको इच्छाको सम्मान” गर्दै तालिबानी शासनलाई स्वीकार गर्नुपर्ने जनाएका हुन् । शहीनले तालिबानी शासनमा अफगान महिलाबारे व्यक्त गरिएका चिन्ता निराधार भएको बताए ।
तालिबानी सरकार महिलालाई पढ्ने, लेख्ने र काम गर्ने अधिकार सुनिश्चित गर्न प्रतिबद्ध रहेको पनि उनले जनाएका छन् । उनले अन्तर्राष्ट्रिय मौद्रिक संस्थामा नयाँ सरकारका लागि ‘फण्ड रिलिज’ गर्न आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया