देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको गयो ज्यान

देशान्तर

रुकुम । रुकुम पश्चिममा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइकै ज्यान गएको छ । मुसीकोट नगरपालिका–७, स्थित ठूली दहमा पौडी खेल्ने क्रममा डुबेर दाजुभाइको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुसीकोट नगरपालिका–१, सल्लेका २१ वर्षीय भीमबहादुर थापा र उनको १७ वर्षीय भाइ प्रेमबहादुर थापा रहेका छन् ।

साथीहरुसँग घुम्न गएका उनीहरुको पौडी खेल्ने क्रममा शुक्रबार दिउँसो साढे २ बजे मृत्यु भएको रुकुम पश्चिमका प्रहरी प्रमुख डीएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा शुक्रबार बेलुका मात्रै उनीहरुको शव निकालिएको उनले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।